इजरायलीले गाजाको अस्पतालमा आक्रमण गर्यो- हमास
प्रकाशित मिति
२०८१ चैत्र ३१ गते, आईतवार ०३:२७

चैत्र ३१, २०८१ काठमाडौँ: हमासले इजरायली आक्रमणबाट गाजाको मुख्य चिकित्सा सुविधाको सघन हेरचाह र शल्यक्रिया विभागहरू ध्वस्त भएको दाबी गरेको छ ।
अनलाइन पोस्ट गरिएका भिडियोहरूमा क्षेप्यास्त्र आक्रमणपछि गाजा पट्टीको अल-अहली ब्याप्टिस्ट अस्पतालबाट ठूलो आगो र धुवाँ निस्किरहेको देखिएको छ ।
भिडियोमा केही बिरामीहरू सहित धेरै मानिसहरू घटनास्थलबाट भागिरहेको देखिन्छ । हमासले यो आक्रमणलाई ‘भयानक अपराध’ भनेको छ ।
एक स्थानीय पत्रकारले इजरायल रक्षा बल (आईडीएफ) ले एक डाक्टरलाई बोलाएर अस्पताल खाली गर्न चेतावनी दिएको बताए । नागरिक आपतकालीन सेवाका अनुसार आक्रमणमा कुनै हताहत भएको छैन।
अस्पतालमा काम गर्ने एक स्थानीय पत्रकारले इजरायली सेनाका एक अधिकारीले आपतकालीन विभागका डाक्टरलाई बोलाएको बताए । पत्रकारका अनुसार, अधिकारीले तुरुन्तै अस्पताल खाली गर्न भनेका थिए ।
प्रतिकृया