• ४ साउन २०८३, सोमबार
  • ९:२४ बेलुका

प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास

प्रकाशित मिति

२०८१ चैत्र ३१ गते, आईतवार ०२:५८

चैत्र ३१, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको शिलान्यास गरेका छन्।उनले आइतबार नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उक्त अस्पताल भवनको शिलान्यास गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे।उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए।

Kamana Sewa

मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उनले आग्रह गरे।अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया