• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ लाई आर्थिक सहयोग प्रदान

प्रकाशित मिति

२०८१ चैत्र १ गते, शुक्रबार ०१:५१

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ लाई लाई रु.३०,००,०००।– (अक्षेरुपी तीस लाख) आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष श्री हेम राज ढकालज्यूले Kathmandu Institute of Child Health (KIOCH) का अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गर्नुभयो ।

उक्त अवसरमा कम्पनीका संचालक समितिका सदस्य श्री राजेन्द्र सिंह भण्डारीज्यू, कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठज्यूको उपस्थिति रहेको थियो ।

Kamana Sewa

कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको Kathmandu Institute of Child Health (KIOCH) ले काठमाण्डौँको गोल्फुटार, बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ । सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठज्यूले Kathmandu Institute of Child Health (KIOCH) का व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

Classic Tech Desktop

साथै, उक्त अवसरमा श्री श्रेष्ठले समयमा निर्माण कार्य सम्पन्न गरी अस्पतालबाट बालबालिकाहरुले विशिष्टिकृत स्वास्थ्य सेवा प्राप्त गर्ने छन् भनि अध्यक्ष डा. भगवान कोइराला लगायत व्यवस्थापन समूहलाई अग्रिम शुभकामना दिनुभयो ।

प्रतिकृया