• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

सन नेपाल लाइफ द्वारा मलेशिया स्थित नेपाली आप्रवासी कामदारलाई बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८१ माघ २८ गते, सोमबार ०९:२३

माघ २८, २०८१ काठमाडौँ: मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा आयोजित “नेपाली आप्रवासी कामदारलाई लक्षित गरि बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम मलेसिया को क्वाला लम्पुर मा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशिया का लागि नेपाली राजदूत माहामहिम डा. नेत्रप्रसाद तिमसिना रहनुभएको थियो । साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल ले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, बैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पार्नुभयो ।

Kamana Sewa

सन नेपाल लाइफ इन्स्योरेन्स अप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध छ साथै सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा बतिस हजार अभिकतामार्फत देशभर र देश बाहिर रहनु भएका नेपाली नागरिकहरुलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया