• ३ साउन २०८३, आइतबार
  • ३:३५ बेलुका

सेरेसद्वारा नेपालभर “लिमिटलेस एक्सपिरियन्स”का साथ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरुवात

प्रकाशित मिति

२०८१ माघ १४ गते, सोमबार १०:००

माघ १४, २०८१ काठमाडौँ: एमएडब्लु वृद्धि अन्तर्गत नेपालको अग्रणी ईभी ब्रान्ड सेरेसले २६ देखि ३० जनवरी, २०२५ सम्म हुने “लिमिटलेस एक्सपिरियन्स” एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ। यो राष्ट्रव्यापी कार्यक्रम नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ, जसमा काठमाडौं उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चार र उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरू रहेका छन्।

यो पाँच दिन  हप्ता लामो कार्यक्रमले ग्राहकहरूलाई विभिन्न विशेष अफर र सुविधाहरूको लाभ प्रदान गर्नुका साथै सेरेस ईभीहरूको अत्याधुनिक प्रविधि र पर्फर्मेन्स प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान गर्नेछ।

Kamana Sewa

सेरेसले नगद छुट, नि:शुल्क ७ किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर र उत्कृष्ट एक्सचेन्ज मूल्य र बोनसहरू सहित विभिन्न अफरहरूका साथ इलेक्ट्रिक ड्राइभिङमा स्विच गर्ने आकर्षक मौका प्रदान गर्नेछ।

Classic Tech Desktop

लो मान्थाङभन्दा माथि ४६६० मा अवस्थित चुनौतीपूर्ण कोरला पास पुग्ने पहिलो ईभी बन्दै सेरेसले नेपालमा विद्युतीय गतिशीलताको सीमालाई पुन:परिभाषित गरिसकेको छ। यो उल्लेखनीय उपलब्धिले ब्रान्डको नवप्रवर्तन, स्थायित्व र पर्फर्मेन्सप्रति अटल प्रतिबद्धता प्रदर्शन गरेको छ। बलियो निर्माण र आफ्नो खण्डमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्सको साथ सेरेस ईभीहरू केवल शहरी यात्राको लागि मात्र नभई नेपालको विविधतापूर्ण भूभागमा पुग्न र तपाईंलाई अविस्मरणीय एडभेन्चरमा लैजान डिजाइन गरिएका छन्।

“लिमिटलेस एक्सपिरियन्स” एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले उन्नत विद्युतीय सवारी साधनहरू मात्र नभई निर्बाध र ग्राहक-केन्द्रित स्वामित्व अनुभव प्रदान गर्ने सेरेसको समर्पणमा प्रकाश पार्छ। नवप्रवर्तन, कार्यसम्पादन र दिगोपनमा ध्यान केन्द्रित गर्दै सेरेस ईभीहरूले नेपालको द्रुत रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ मापदण्डहरू स्थापित गरिरहेका छन्। यो कार्यक्रमले सम्भावित ग्राहकहरूका लागि सेरेस ब्रान्डलाई परिभाषित गर्ने यसका उन्नत सुविधा र अनुपम लक्जरी अन्वेषण गर्न एक उत्तम प्लेटफर्म प्रदान गर्दछ।

“यदि तपाईं ईभी गाडी लिन वा आफ्नो हालको गाडी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने सेरेस एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले सुवर्ण अवसर प्रदान गर्दछ। सेरेससँगै ड्राइभिङको भविष्य अनुभव गर्न चाहने ग्राहकहरूलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं,” एमएडब्ल्यू वृद्धि मोटर्स प्रा.लि.का बिजनेस हेड प्रशन्न पन्तले भने।

प्रतिकृया