• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न

प्रकाशित मिति

२०८१ माघ १४ गते, सोमबार १०:०४

माघ १४, २०८१ काठमाडौँ: उच्च शिक्षा अध्यापन गराउने नेपालका क्याम्पसहरूमा सञ्चालित आईटी नेटवर्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आज एनआरइएनको आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भयो। देशका २७ संस्थाका ३५ जना सहभागी उक्त कार्यशाला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), खुमलटारमा आयोजना गरिएको थियो।

कार्यक्रमको उद्घाटन नाष्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले गर्नुभएको थियो। एनआरइएनका अध्यक्ष श्री लोचन लाल अमात्यले उद्घाटन समारोहमा प्रशिक्षार्थीहरूलाई स्वागत गर्दै क्याम्पस नेटवर्कको डिजाइन शिक्षक तथा विद्यार्थीहरूले अधिकतम लाभ लिन सक्ने गरी गर्नु पर्ने र यस कार्यशालाबाट सोही सीप ग्रहण गर्न प्रशिक्षार्थीहरूलाई सुझाब समेत दिनुभयो। कार्यक्रम सञ्चालन गर्न नाष्टको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र अन्तर्गतको राष्ट्रिय सूचना ज्ञान केन्द्रले सहयोग गरेको थियो। प्रशिक्षार्थीहरू सूचना प्रविधिको अध्यापन हुने नेपालका सबैजसो विश्वविद्यालय तथा कलेजका क्याम्पस नेटवर्क डिजाइनरहरू नै थिए भने प्रशिक्षार्थीहरू एनआरइएन र सुबिसु कम्पनीका विज्ञहरू थिए। कार्यशाला सम्पन्न भइसकेपछि प्रशिक्षार्थीहरूले उक्त कार्यक्रमबाट

Kamana Sewa

आआफ्नो कलेजको नेटवर्क डिजाइनलाई थप प्रभावकारी बनाउन र कलेज नेटवर्कलाई आईएसपि जस्ता बाह्य नेटवर्क सँगको समन्वय बढाउन सीप प्रदान गरेको जनाए। देशका विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूलाई आवश्यक गर्ने द्रुत गतिको इडुरोम नामक वाईफाई सेवा निशुल्क प्रदान गर्ने एनआरइएन नेपालको एक मात्र अनुसन्धानमा समर्पित गैरनाफामूलक संस्था हो। कार्यशालामा संलग्न सबै प्रशिक्षक तथा कर्मचारीहरूले आआफ्नो सेवा निशुल्क प्रदान गरेका थिए।

Classic Tech Desktop

प्रतिकृया