• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

‘खुला सीमाले नेपाल–भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउँछ’

प्रकाशित मिति

२०८१ माघ १४ गते, सोमबार ०९:५६

माघ १४, २०८१ जनकपुरधाम : नेपाल–भारत खुला सीमा संवाद समूहले सीमाक्षेत्रको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा अवलोकन गरेको छ । वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झा, प्रवक्ता प्रमोद रंगीले, बाल अभियानी आदित्य झा लागायतको टोलीले विदेह नगरपालिका वार्ड नम्बर–२, दुहबीमा रहेको ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा परिचित दुर्वाशगढ लगायत सीमा क्षेत्रमा अवस्थित ऐतिहासिक ठाउँहरुको निरीक्षण गरेको हो ।

संवाद समूहका अध्यक्ष डा.झा भन्छन्, ‘निरीक्षणका क्रममा दशगजामा देखिएका दृश्यले नेपाल–भारत सम्बन्धको गहिरो भाइचाराको झलकहरु देखे । दुबै देशका युवाहरू दसगजामा क्रिकेट खेल्दै र आपसमा सौहार्द साट्दै थिए।’

Kamana Sewa

साथै, घाम ताप्दै त कोहि जलावन सुकाउँदै गरेका दैननिकी गतिविधिहरू पनि देखिए । यस्तो दृश्यले नेपाल–भारत खुला समाको विशेष सम्बन्धलाई प्रस्ट पार्दछ, जहाँ सामान्यतः अन्य देशहरूको सीमामा बन्दुकसहितको कडा सुरक्षा हुने गर्छ ।

Classic Tech Desktop

नेपाल भारतको विशेषता भनेकै सीमाक्षेत्रमा रहेका किसानहरू र परिवारहरूको साझा सम्बन्ध हो। धेरै किसानका खेत खलिहानहरू दुबै देशमा फैलिएका छन् भने थुप्रै परिवारका सदस्यहरू नेपाल र भारतका दुई किनारामा बसोबास गरिरहेका छन्। यो सम्बन्ध सिमाना निर्धारण हुनु भन्दा अगाडि एउटै देशमा रहेको इतिहाससँग जोडिएको छ।

यस निरीक्षण भ्रमणले खुला सिमाको सामाजिक, सांस्कृतिक, र आर्थिक महत्त्वहरु उजागर गर्दै नेपाल–भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पु-याएको देखिन्छ।

प्रतिकृया