• 3:58 pm

मध्यपुर थिमिमा क्यान्सर रोगको सचेतनामुलक अभिमुखिकरण सम्पन्न

प्रकाशित मिति

२०८१ पुष २९ गते, सोमबार ११:३६

पुष २९, २०८१ काठमाडौँ: मध्यपुर थिमि नगर क्षेत्रका महिलाहरुलाई स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धि चेतना अभिवृद्धि गर्न सचेतनामुलक अभिमुखिकरण कार्यक्रम संचालन भएका छन । क्यान्सर रोग विरुद्ध सचेत गराउने र समयमै रोगको लक्षण थाहा पाएर उपचार गरेमा क्यान्सर रोग पनि रोकथाम गर्न सकिन्छ भने जनचेतना जागरण गर्न मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४, ५ र ६ वडामा ३ दिने सचेतनामुलक अभिमुखिकरण कार्यक्रम संचालन गरिएको थियो ।

मध्यपुर थिमि नगरपालिकाको सहकार्य एंव जनस्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाईटी मध्यपुर थिमि उपशाखाको आयोजनामा महिलाहरुको स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम बालकुमारी, भुलाँखेल र पाटीबिहारमा संचालन गरेर गृहिणी महिलाहरू क्यान्सर रोगको लक्षण, रोकथामका उपाय, उपचारमा पाईने सरकारी सेवा सुविधा, ओषधी उपचार व्यवस्था, दैनिव जीवनयापनमा अपनाउनु पर्ने स्वास्थ्य सचेतना र सतर्कता लगायतमा ज्ञान दिईएको कार्यक्रम संयोजक कन्या मन्दिर प्रजापतिले वताउनु भयो ।

प्रत्येक वडाबाट ३०÷३० जना लक्षित महिलाहरु सहभागी भएको कार्यक्रम व्यवहारिक र उपलब्धिमुलक रहेको सहभागी महिलाहरुले वताएका छन । यस्ता सचेतनामुलुक कार्यक्रमहरु नगरपालिका भरि बृहत् रुपमा संचालन गर्नु पर्ने माग पनि सहभागीहरुको रहेका छन ।

जनस्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापति र भक्तपुर क्यान्सर अस्पतालका नर्सिङ प्रमुख लक्ष्मी श्रेष्ठले सहभागी महिलाहरुलाई स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धि अपनाउनु पर्ने दैनिक जीवनको व्यवहारिक पक्षमा अभिमुखिकरण र स्वास्थ्य शिक्षा दिईएको थियो । अभिमुखिकरण कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पात्य श्रेष्ठ, ५ नं. वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ र ६ वडा अध्यक्ष ज्ञानदास प्रजापतिको पनि क्यान्सर रोग विरुद्ध समाजका महिलाहरूलाई सचेतनामुलक शिक्षा दिएर रोकथाम र नियन्त्रणमा सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

जनस्वास्थ्य र स्वास्थ्य सरोकारका सेवा सुविधामा वडाबासीहरुको सहज पहुच पु¥याउन स्वास्थ्य संघ÷संस्थाहरुसग सहकार्य गरेर वडा नगर स्तरमा कार्यक्रम सचालन गर्ने तर्फ वडा कार्यालयको भावी नीति तथा योजना रहेको जानकारी वडा अध्यक्षहरुले जानकारी दिनु भयो ।

प्रतिकृया