• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

पाँच हजार आठ सय भन्दा बढी फरार भएका प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०८१ पुष २६ गते, शुक्रबार ०१:४८

पुष २६, २०८१ काठमाडौँ: नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो।

Kamana Sewa

प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मङ्सिरसम्म पक्राउ परेकामा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिए। काठमाडौं उपत्यकाबाट एक हजार दुई सय ५३ जना प्रतिवादी पक्राउ परेका छन्।

Classic Tech Desktop

कोशीबाट सात सय ३५, बागमतीबाट दुई सय ६५, गण्डकीबाट पाँच सय छ, लुम्बिनीबाट एक हजार ३५, कणालीबाट एक सय ६९ र सुदूरपश्चिम प्रदेशबाट दुई सय ३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्यूरोले ५४ जना पक्राउ गरेको छ। निजहरूबाट रु ४३ करोड पाँच लाख ४२ हजार जरिवानासमेत तोकिएको छ। निजहरूबाट कूल कैद एक हजार नौ सय ६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए।

प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष टोली परिचालन गर्दै आएको छ। सोही क्रममा उक्त सङ्ख्यामा प्रतिवादी पक्राउ गरी अदालतमा पेस गरिएको बताउँदै प्रवक्ता अधिकारीले अदालतको आदेशअनुसार जरिवाना तिराउर कारागारसमेत पठाइएको बताए।

प्रतिकृया