• ४ साउन २०८३, सोमबार
  • ७:५० बेलुका

राजेन्द्र लिङ्देनपछि कमल थापा र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो छलफल?

प्रकाशित मिति

२०८१ पुष २६ गते, शुक्रबार ०१:१७

पुष २६, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच आज (शुक्रबार) बिहान भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक परिस्थिति र संविधान संशोधनका विषयमा छलफल भएको थियो।

भेटका क्रममा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराए। उनले २०८७ मा प्रस्तावित संविधान संशोधनको विषयमा प्रष्ट पार्दै, संसदमा रहेका केही दलहरूले संशोधनलाई अवरोध गरिरहेकाले सहमति जुटाउन समय लाग्न सक्ने बताएका थिए। यस अवस्थामा संशोधनको प्रक्रिया अघि बढाउन केही समय लाग्न सक्ने धारणा पनि राखे।

Kamana Sewa

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश गम्भीर संकटबाट गुज्रिरहेकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। उनले समाधानका लागि सशक्त पहल गर्न सरकारलाई आग्रह गरे।

Classic Tech Desktop

यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री ओलीबीच पनि भेटवार्ता भएको थियो। लिङ्देनले सामाजिक सञ्जालमार्फत भेटको तस्वीर सार्वजनिक गर्दै, राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटीमण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिन प्रधानमन्त्रीसँग भेट भएको जनाएका थिए। भेटका क्रममा विभिन्न विषयमा लामो कुराकानी भएको पनि उनले उल्लेख गरेका छन्।

प्रतिकृया