• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा एक व्यवसायीको शव फेला

प्रकाशित मिति

२०८१ पुष २१ गते, आईतवार १०:१५

पुष २१, २०८१ सर्लाही : एक व्यवसायीको शव सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा फेला परेको छ। ६ दिनदेखि बेपत्ता हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी शव उखुबारीमा गाडेको अवस्थामा शनिबार फेला परेको हो।

शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता थिए ।

Kamana Sewa

पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेको थियो। कतै फेला नपरेपछि परिवारले पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गराएको थियो ।

Classic Tech Desktop

खोजतलासको क्रममा उनले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुरको सहायता लिएको थियो। पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटो फेला परेको र १९ गते घटनास्थलको केही किलोमिटर दूरीमा पर्स फेला परेको प्रहरीको भनाइ छ ।

प्रारम्भिक मुचुल्कापछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिकृया