• 2:15 pm

बेलायती सदनको कार्यक्रममा सम्बोधन गर्न जाँदै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

प्रकाशित मिति

२०८१ पुष २१ गते, आईतवार १०:२०

पुष २१, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायतको संसद(वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ ।

नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदैछन् ।

प्रतिकृया