• 2:25 am

नेपाल टेलिकमका बीटीएस टावरहरुमा केही समूहले पुर्याएको क्षति प्रति नेपाल टेलिकमद्धारा विरोध

प्रकाशित मिति

२०८१ पुष ८ गते, सोमबार ०५:२१

पुष ८, २०८१ काठमाडौँ: हाल कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका BTS टावरहरुमा अनधिकृत रुपमा केही समूह र व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पु-याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेकोमा कम्पनीले दु:ख व्यक्त गरेको छ ।

सर्केगाड गाउँपालिका-०५ स्थित बरै माइक्रो वीटीएस मा पौष ४ गते सोलार प्यानल, VSAT का उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।

सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पु-याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न र नगराउनुहुन समेत नेपाल टेलिकमले सबैमा अनुरोध गरेको छ ।

प्रतिकृया