• 2:04 pm

२५ हजार घुससहित ट्राफिक प्रहरी कार्यालय प्रमुख पक्राउ

प्रकाशित मिति

२०८१ मंसिर १७ गते, सोमबार ०३:५२

मंसिर १७, २०८१ काठमाडौँ: रोल्पामा घुससहित एक प्रहरी पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ परेका हुन् ।

सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढाथोकीलाई सोमबार पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया