• 6:39 am

पशुपति क्षेत्रको सडकपेटीमा मृत भेटिइन् एक महिला

प्रकाशित मिति

२०८१ मंसिर १७ गते, सोमबार ०४:०४

मंसिर १७, २०८१ काठमाडौँ: काठमाडौं महानगरपालिका–८ पशुपति गाइपालन नजिकको सडकपेटीमा एक महिला मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार नामथर, वतन नखुलेकी अन्दाजी ३५/३६ वर्षीया महिला मृत फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ ।

मृत महिलाको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएकोले शवको सनाखत समेत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया