• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

एसीसी यु–१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा घोषणा

प्रकाशित मिति

२०८१ मंसिर ९ गते, आईतवार ११:४२

मंसिर ९, २०८१ काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यु–१९ एसिया कप खेल्न नेपाली टोली घोषणा गरेको छ । नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म यूएईमा सो प्रतियोगिता सञ्चालन हुँदैछ ।

हेमन्त धामीको कप्तानीमा आज आइतबार बिहान घोषित १५ सदस्यीय टोलीको उपकप्तानमा अर्जुन कुमाल रहेका छन् । यसैगरी अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा मगर, मयान यादव, नरेन साउद, युनिस विक्रक सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, प्रजित पौडेल, अविशेष तिवारी र रन्जित कुमार छन् । टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् ।

Kamana Sewa

प्रतिकृया