जीवन बिमा कम्पनीको सिईओ बन्न चारै जना उम्मेदवार सर्टलिस्टमा पर्न असफल
प्रकाशित मिति
२०८१ मंसिर ६ गते, बिहीबार १०:५८
मंसिर ६, २०८१ काठमाडौँ: राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओका लागि चारै जनाको आवेदन अस्वीकृत भएको छ । कम्पनीको सीईओ छनोट तथा सिफारिस समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै सीईओ पदका लागि कुनै पनि उम्मेदवार सर्टलिस्टमा पर्न असफल भएको जानकारी गराएको हो ।
कम्पनीले गत असोज १६ गते सूचना जारी गर्दै सीईओको माग गरेको थियो । कम्पनीले खुलाएको आवेदनमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये महेश रिमाल हाल सोही कम्पनीका कार्यबाहक सिईओका जिम्मेवारीमा छन् ।
उक्त पदमा सूचना प्रकाशीत भएको मितिले २१ दिनभित्र कार्यालय समयमा कम्पनीको काठमाडौंको रामशाहपथस्थित कार्यालयमा दरखास्त दिन भनिएको थियो ।
उम्मेदवारले पेस गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कुल पूर्णांक ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समितिले सर्टलिस्ट गर्नुपर्ने प्रावधान रहेको छ । तर, कुनै पनि उम्मेदवारले ६० प्रतिशत अंक प्राप्त गर्न नसकेकोले सर्टलिस्टका लागि छनोट नभएको समितिले जनाएको छ ।
प्रतिकृया