• ४ साउन २०८३, सोमबार
  • २:२४ बिहान

रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौं

प्रकाशित मिति

२०८१ मंसिर ४ गते, मंगलवार ०३:२८

मंसिर ४, २०८१ काठमाडौँ: रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस–युक्रेन युद्धलाई उक्साएको आरोप लगाएको छ ।

रुसको यो आरोप यस्तो बेला आएको हो जब अमेरिकाले रुस भित्र आक्रमण गर्न युक्रेनलाई लामो दुरीको सुपरसोनिक मिसाइल उपलब्ध गराउने तयारी गरिरहेको खबर बाहिर आएको हो । रुसले युक्रेनले रुसभित्र लामो दुरीको मिसाइल आक्रमण गरेमा नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको छ ।

Kamana Sewa

राष्ट्रपति बाइडेनले युक्रेनलाई रुस भित्र आक्रमण गर्न लामो दूरीको सुपरसोनिक मिसाइल अर्थात् ट्याक्टिकल मिसाइल प्रणाली प्रयोग गर्न अनुमोदन गरेको दाबी गरिएको छ ।

Classic Tech Desktop

मिडिया रिपोर्टका अनुसार युक्रेनले यसअघि पनि एटीएसीएमएसको प्रयोग गर्दै आएको थियो तर यो प्रयोग सीमा क्षेत्रमा मात्र सीमित थियो तर अब अमेरिकाले रुस भित्र पनि आक्रमणका लागि ट्याक्टिकल मिसाइल प्रणाली प्रयोग गर्न स्वीकृति दिएको छ । यसले रुस–युक्रेन युद्धमा व्यापक प्रभाव पार्न सक्ने विज्ञहरू बताउँछन् ।

एटीएसीएमएस सतहबाट सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल हो, जसले ३०० किलोमिटर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्छ । लामो दूरीको स्ट्राइक क्षमताका कारण यो मिसाइल युक्रेनका लागि गेम चेन्जर साबित हुन सक्छ । वास्तवमा यो मिसाइलले युक्रेनले रुसको सैन्य हवाई अड्डालाई निशाना बनाइन सक्ने बताइएको छ ।

अमेरिकाको यो निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै रुसी सरकारले आफ्नो विज्ञप्तिमा निवर्तमान अमेरिकी सरकारले युद्ध भड्काउन खोज्नु स्वभाविक भएको बताएको छ । रुसी सरकारले भनेको छ, ‘राष्ट्रपति पुटिनले सेप्टेम्बरमा नै रुसविरुद्ध मिसाइलको प्रयोगले रुस र नाटोबीच युद्ध हुने स्पष्ट पारेका थिए । युक्रेनले लामो दुरीको मिसाइल प्रयोग गर्नुको अर्थ अमेरिका यस युद्धमा प्रत्यक्ष संलग्न भएको हो । यसपछि हामी आवश्यक र कडा कदम चाल्नेछौं ।’

रुसले युक्रेनी मोर्चामा उत्तर कोरियाली सेना तैनाथ गरेको खबर आएका बेला अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोग गर्न स्वीकृति दिएको हो ।

प्रतिकृया