• ४ साउन २०८३, सोमबार
  • ८:१५ बेलुका

घट्यो शेयर बजार : नेप्से ५१.११ अंकले घट्यो

प्रकाशित मिति

२०८१ मंसिर ४ गते, मंगलवार ०४:१३

मंसिर ४, २०८१ काठमाडौँ: आज शेयर बजार परिसूचक नेप्से ५१ दशमलव ११ अंकले घटेर २७०२ को विन्दुमा कायम भएको छ । साताको पहिलो कारोबार दिन मंगलबार शेयरबजारमा भारी गिरावट आएको हो ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो । आज २० कम्पनीको शेयर मूल्य बढ्दा २२४ कम्पनीको मूल्य घटेको छ भने एकको मूल्य स्थिर रहेको छ ।

Kamana Sewa

यस दिन सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । यस कम्पनीको ४६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । समृद्धि फाइनान्सको २९ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Classic Tech Desktop

प्रतिकृया