• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०८१ कार्तिक २८ गते, बुधबार ०४:२८

कार्तिक २८ , २०८१ काठमाडौँ: बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनुषा जनकपुर उपमहानगरपालिका-९ ठेगाना भएका ३७ वर्षीय दिब्य श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०८० असार ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना कैद, बिगो २ करोड ५० लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहतकोषमा १० लाख रूपैयाँ जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो ।

Kamana Sewa

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया