नेपाल कम्युनिस्ट पार्टी (एमाले) सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन मंसिर १ गते बस्ने
प्रकाशित मिति
२०८१ कार्तिक २८ गते, बुधबार ०७:२६
कार्तिक २८ , २०८१ भक्तपुर : नेपाल कम्युनिस्ट पार्टी (एमाले) सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन मंसिर १ गते हुने भएको छ । कमिटीले आज पत्रकार सम्मेलन आयोजना गर्दै सोबारेमा जानकारी गराएको हो ।
अधिवेशन सूर्यविनायक नगरपालिका वडा नं ९ नङ्खेलस्थित सेराटन पार्टी प्यालेसमा हुने सूर्यविनायक नगर कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिए । अधिवेशन एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा हुने उनले बताए । उक्त कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतको समेत उपस्थिति रहने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनकै क्रममा एमाले नेता महेश बस्नेतले नेकपा एमालेलाई ‘आउटडेटेड’ हुन नदिइ ‘अपडेटड’ राख्न अधिवेशनको आवश्यकता पर्ने बताए । हाल देशका विभिन्न तहमा अधिवेशन भइरहेको र सदस्यता नविकरणको कार्यलाई पनि सँगसँगै लगिएको उनले जानकारी दिए । साथै, नयाँ सदस्यता विस्तार र अरु पार्टीबाट एमालेमा प्रवेश गराउने कार्यहरु पनि तीब्र रुपमा अगाडि बढिरहेको उनले जानकारी दिए ।

भक्तपुरको दुवै क्षेत्रमा एमालेले गत निर्वाचनमा हार बेहोर्नुपरेको भएतापनि मानिसहरुमा भने राम्रो छवि बनाइरहेको उनले बताए । स्थानीय तहमा भने एमालेले उत्कृष्ठ प्रदर्शनी गरिरहेको उनले बताए ।
आगामी दिनहरुमा पनि यस्तै प्रदर्शनी गर्दै गएमा भक्तपुर जिल्लाका भक्तपुर नगरपालिकाबाहेक अन्य ३ स्थानीय तहमा आफ्नो पार्टीका प्रतिनिधिले जित्ने उनले दाबी गरे ।
नेकपा एमाले हाल साइबर र एआईको युगमा पनि आफूलाई अपडेट गरिरहन रफल भएको र आगामी दिनहरुमा पनि समय अनुसार अवश्यक पर्ने कदमहरु अवलम्बन गर्दै अघि बढ्ने बस्नेतले बताए ।
अहिलेको समयमा रवि लामिछाने नेतृत्वको रास्वपाले आफू नैतिकता बिर्सिएर गलत कदम उठाइरहेको नेता बस्नेतले आरोप लगाए । लामिछाने आफू गृशमन्त्री रहँदा कैलाश सिरोहिया, अरुण चौधरी लगायतको गिरफ्तारीलाई अदालतको आदेश भन्ने र आफू पक्राउ पर्दा भने प्रतिशोध लिएको भन्ने जस्ता आक्षेप लगाउनु गलत भएको उनले बताए । ‘रवि लामिछानेलाई सरकारले पूर्वाग्रहको आधारमा नभएर प्रमाणको आधारमा पक्राउ गरिएको हो । त्यसमा पनि अदालतको स्वीकृति छ । तर, रास्वपाको कार्यकर्ता जनताको समर्थन बिनाको रोइलो गर्दै छन् । त्यसले विधिको शासनको नै खिल्ली उडाएको छ ।’, उनले भने ।
कोशी प्रदेशमा मन्त्री बनेका लिलाबल्लभ अधिकारी पक्राउ पर्दा एमाले चुप लागेको र गण्डकी प्रदेश सभा सदस्य दिपक मनाङे पक्राउ पर्दा उनका समर्थकहरु चुप लाग्दा रास्वपाका कार्यकर्ता भने विना कारण सडकमा उत्रिएका कारण उनीहरुको स्तर ‘गुण्डाको समर्थक’ भन्दा तल पुगेको उने ब्यङ्ग्य गरे ।
रास्वपा लगायतका दलहरुले सत्तापक्षलाई गलत देखाउने मनसायले विभिन्न विरोध कार्यक्रमहरु आयोजना गरिरहेको बताउँदै बस्नेतले एमालेले पनि मंसिर ७ गते काठमाडौंको भृकुटीमण्डपमा वृहत् कार्यक्रम आयोजना गरेर एमालेको शक्ति प्रदर्शन गरिने बताए ।




प्रतिकृया