• 7:23 pm

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न, १०.५२६ प्रतिशत लाभांश पारित

प्रकाशित मिति

२०८१ आश्विन २३ गते, बुधबार ०३:५७

असोज २३ , २०८१ काठमाडौँ: २०८१ असोज २३ गते बुधबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष श्री शिक्षा भट्टचनज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि भएता पनि नियमकारी निकाय श्री नेपाल बीमा प्राधिकरण निर्देशन बमोजिमको तोकिएको न्यूनतम चुक्तापुँजीका लागि अपुग हुने चुक्तापुँजी पु¥याउन ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।

प्रतिकृया