• ४ साउन २०८३, सोमबार
  • २:५२ बिहान

प्रभु महालक्ष्मी लाइफको क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्य रुपमा सम्पन्न

प्रकाशित मिति

२०८१ भाद्र २८ गते, शुक्रबार ११:०६

भदौ २८ , २०८१ काठमाडौँ: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको राष्ट्रियस्तरको क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८०/८१ सम्पन्न भएको छ । देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८०/८१ भव्यताका साथ सु–सम्पन्न गरेको हो । कार्यक्रम भाद्र २५ गतेबाट भाद्र २७ गतेसम्म ३ दिन चितवनमा सञ्चालन भएको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाई ज्यूले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक श्री सोन बहादुर मगरज्यूले सहभागीहरुमा स्वागत मन्तब्य राख्नुभएको थियो ।

Kamana Sewa

कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी प्रेसिडेन्ट क्लव, सिइयो क्लव, म्यानेजर क्लव हासिल गर्नु भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाई ज्यूले अभिकर्ताहरुलाई सम्मान गर्दै हौसला प्रदान गर्नुभयो । साथै अभिकर्ता पेशालाई मर्यादित र प्रेरणादायि पेशा बनाउनु भएकोमा सबै सम्मानीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । अभिकर्ता पेशाले आम्दानीको साथ साथै मान, सम्मान र अन्तराष्ट्रिय फोरममा समेत पहिचान बनाउन सकिने अवसरका कारण यो गर्व गर्ने पेशा हो, प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाई ज्यूले थप्नुभयो ।

Classic Tech Desktop

कार्यक्रममा इन्स्योरेन्स सेल्स मोटिभेसनल कोच श्री विजय कुमार झाज्यूको उत्प्रेरणात्मक सेसन रहेको थियो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत श्री किशोर प्रसाद लामिछानेज्यूले धन्यवाद व्यक्त गरि समापन गरिएको कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख श्री योगेन्द्र प्रसाद खतिवडा ज्यूले गर्नुभएको थियो ।

प्रतिकृया