• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

चलचित्र विकास बोर्ड अध्यक्षमा दिनेश, करिश्मासहित ६ जनाको आवेदन

प्रकाशित मिति

२०८१ श्रावण ३१ गते, बिहीबार १२:१५

साउन ३१, २०८१ काठमाडौँ: चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन बुधबारसम्म ६ जनाले आवेदन दिएको बोर्डले जनाएको छ ।

आवेदन दिनेमा फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार डंगोल छन् ।

Kamana Sewa

अब कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गरिने बोर्डले जनाएको छ । यीमध्ये सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ । समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्ने प्रावधान छ ।

Classic Tech Desktop

प्रतिकृया