• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

शास्त्रीय संगीतका गुरु कामतको निधन

प्रकाशित मिति

२०८१ श्रावण १७ गते, बिहीबार १०:२१

साउन १७, २०८१ काठमाडौँ: शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । आज बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा निधन भएको छ ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय सङ्गीतका गुरु कामतको ६९ वर्षको उमेरमा निधन भएको हो ।

Kamana Sewa

उनले पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।

Classic Tech Desktop

नेपाली संगीतमा अमूल्य योगदान गरेका कामतले आर्थिक अभावका कारण सही उपचार पाउन नसकेको बताइन्छ । उनको २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा जन्म भएको थियो ।

प्रतिकृया