आक्रमणबारे सलमानको बयान: म र मेरो परिवार खतरामा
प्रकाशित मिति
२०८१ श्रावण १० गते, बिहीबार ०१:५५
साउन १०, २०८१ काठमाडौँ: बलिवुडका भाईजान सलमान खानले मुम्बईस्थित आफ्नो ग्यालेक्सी अपार्टमेन्टमा भएको आक्रमण पछि प्रहरीले दिएको बयान सार्वजनिक भएको छ । सलमान खानले लरेन्स विस्नोई नामक ग्याङ्स्टरले गोली फायरिङ्गभन्दा पहिला पनि ज्यानमार्ने धम्कीसहितको पत्र घरमा पठाएको बताए ।
आक्रमणको दिन म घरमै रहेको भन्दै उनले पटकपटक विश्नोइ समूहबाट आफूलाई ज्यानमार्ने धम्कीसहितको पत्र आउने गरेको बताए । उनले आक्रमण पछि मेरो आमा बुबा, घरका अन्य सदस्य र आफू सुरक्षित नरहेको बताएका छन् ।

उनले आक्रमणसँग सम्बन्धित सबै जानकारीबारे बताउँदै भनेका छन्, ‘कडा सुरक्षा व्यवस्थाका बाबजुद आक्रमण हुनुले परिवारसहित सबै चिन्तामा छन् । सबैलाई एलर्ट गरिएको छ । मलाई आशा छ प्रहरीले घटनामा संलग्नलाई चाडै कारबाही गर्नेछ र म अनि मेरा परिवार चाँडै ढुक्का साथ आफ्नो जीवन बिताउन पाउने छौं ।’

सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गत वर्षको जुलाई १४ मा बिहान करिब ४ बजेतिर दुईजनाले गोली प्रहार गरेका थिए । घटनामा कुनै मानवीय क्षति नभएपनि प्रहरीले घटनाबारे छानबिन गरिरहेको छ ।




प्रतिकृया