• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

नेशनल लाइफले बाेलायाे साधारणसभा: लाभांश पारित गरिने

प्रकाशित मिति

२०८१ श्रावण ८ गते, मंगलवार ०४:१७

साउन ८, २०८१ काठमाडौँ: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा आवहान गरेको छ। भदौ ७ गते शुक्रबार बस्ने गरि कम्पनीले ३६औं वार्षिक साधारणसभा बोलाएको हो। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा उक्त दिन विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

तय गरेको सभाले कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने, नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Kamana Sewa

तेस्तै, सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्नेछ।

Classic Tech Desktop

साधारणभसा प्रयोजनार्थ कम्पनीले साउन २४ गते १ दिन बुक क्लोज तय गरेको छ। अर्थात साउन २३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन र कम्पनीले पारित गरेको लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिकृया