• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

शिव परियारको ‘धोकेबाज’ गीतमा बोल्ड आश्मा र ओबी

प्रकाशित मिति

२०८१ श्रावण ४ गते, शुक्रबार ०४:२७

साउन ४, २०८१ काठमाडौँ: गायक शिव परियारको आवाजमा रहेको नयाँ गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ। गीतको फिमेल भर्सनमा समीक्षा अधिकारीको स्वर रहेको छ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्माको अभिनय रहेको छ। आश्मा र ओबीको जोडीलाई दर्शकले ‘कट्टा हान्दिन्छु’ गीतमा रुचाएका थिए ।

Kamana Sewa

यही जोडीलाई लिएर तयार पारिएको ‘धोकेबाज’को भिडियो ग्ल्यामर्स बनेको छ। मान कृष्ण महर्जनले खिचेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया