• 8:23 am

सूर्यज्योति लाइफद्वारा घातक रोग वापतको दावी रकम भुक्तानी

प्रकाशित मिति

२०८१ जेष्ठ ३१ गते, बिहीबार ०१:२७

जेठ ३१, २०८१ काठमाडौँ: सिद्धिपुर–०४, उदयपुरका तिलक बहादुर राईको वैदेशिक रोजगारको क्रममा साउदी अरबमा पेट सम्बन्धी क्यान्सर पहिचान भएको हुँदा वैदेशिक रोजगार म्यादी बीमाको घातक रोग बिरुद्ध आर्थिक सुरक्षा बापतको दाबीे रकम रु. ४,७५,०२०/– राईलाई हरुतान्तरन गरेको छ ।

बीमितको घरमै पुगी सूर्यज्योति लाइफका गाईघाट शाखाका कर्मचारी तथा अभिकर्ता साथीहरुको उपस्थितिमा शाखा प्रबन्धक कमला खवासले उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन ।

उक्त दाबी रकमले उपचारको क्रममा ठुलो राहत मिलेको कुरा जानकारी गराउँदै जीवन बीमामा घातक रोग सुविधाको महत्व आफुले हाल बुझेको कुरा तिलक बहादुर राईले बताउनु भयो ।

प्रतिकृया