• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

बायरिलाँ दशैंतिहार मेला सुरु

प्रकाशित मिति

२०८० आश्विन १५ गते, सोमबार ०१:४७

असोज १५, २०८० मध्यपुर थिमि : मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधर चोक स्थित बायरिलाँ मार्गमा दशैं तिहार बजार मेला एवं विविध सांस्कृतिक कार्यक्रम २०८० सुरु भएको छ।


नेपालीहरुका चाड वडादशैं, तिहार, नेपाल सम्वतको नयाँवर्ष, छठ लगायतका पर्वको अवसरमा मेला आयोजना गरिएको शंखधर मार्ग (बायरिलाँ) टोल सुधार समितिका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । असोज १३ गते मध्यपुर थिमिमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेका उक्त मेला आगामी मंसिर २ गत सम्म सञ्चालनहुनेछ । मेलाका संयोजक रत्नतिन्सी श्रेष्ठले व्यवसाय प्रवर्धन एवं मध्यपुर थिमिको संस्कृति, जात्रा, नाच, परम्परागत खाजा, खानाको प्रचार गर्ने लक्ष्य रहेको बताए ।

Kamana Sewa

टोल सुधार समितिका उपाध्यक्ष रोशनबज्राचार्यले २ वर्ष अघि पनिदशैंतिहार मेलागरिएको तर अहिले झन व्यवस्थित रुपमा दशेंतिहार मेलामा रुं १ हजार भन्दा माथिको सामान खरिद गर्दा उपहारहरु प्रदानगरिने बताए । उपाध्यक्ष बज्राचार्यले मेला अवधिमा स्थानीय व्यवसायीले सुपथमूल्य अनि छुटमा सामान बिक्री गर्ने र कुपन दिने जानकारी दिदैं यसपटक चाडपर्वका लागि चाहिने सम्पूर्ण सामानदेखि चिया कफि एवं नेवारी परिकारको स्वाद लिदैं सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

Classic Tech Desktop

उक्त टोल सुधार समितिका सचिव डा.रामहरि श्रेष्ठ, उक्त टोलसुधार समितिका पूर्व अध्यक्ष राजेश श्रेष्ठ लगायतले मेलाको उद्देश्य, महत्वबारे प्रकाशपार्दै व्यवसाय प्रवर्धन एवं मध्यपुर थिमिको पहिचानबारे सबैलाई जानकारी दिने रहेको बताए । कार्यक्रममा स्थानीय व्यवसायीहरु शिव सापकोटा, मनीराज अर्याल लगायले सुपथ मुल्यमा गणस्तरीय सामानको बिक्री, छुट अनि कुपन वितरण पनि भइरहेको जानकारी दिए । मध्यपुर थिमि नगरक्षेत्रका दर्जनौं टोलसुधार समितिमध्ये बायरिलाँ टोलसुधार समितिले सरसफाई, खानेपानी व्यवस्थापन, टोलवासीको स्वास्थ्य परिक्षण, स्वास्थ्य शिविर देखि स्थानीय व्यवसायीहरुलाई प्रोत्साहित गर्ने कार्यहरु गर्दै आएको उक्त टोलसुधार समितिका निवर्तमान अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।


बायरिलाँदशैं तिहार मेलामा मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, समाजसेवी कृष्णलाल गोजाश्रेष्ठ, व्यवसायीशिव सापकोटा, कार्यसमिति सदस्यमैया श्रेष्ठ लगायतका वक्ताहरुले मेलामा कपडा, श्रींगार, भाडाँकुडाँ र कस्मेटिकका साथै तयारी पोशाकहरु विशेष छुृटमा बिक्रीभइरहेको भन्दै मेला सफलपार्न सबैसँग अनुरोध गरे । कार्यक्रममा नेपाल सांस्कृतिक उत्थान संघका अध्यक्ष बालमुकुन्द प्रजापतिको अगुवाईमा महाकाली नाच, नेवारी नाच लगायतका विभिन्न सांस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो । स्थानीय बासिन्दा रोशन बज्राचार्यका अनुसार असोज २० गते शनिबार राससका फोटो पत्रकार रत्न कृष्ण श्रेष्ठको मध्यपुर थिमिको संस्कृति, सम्पदा, जात्रा, पर्व, नाचआदिबारे एकलफोटो प्रदर्शनी पनि हुँदैछ ।

प्रतिकृया