• ३१ भदौ २०८३, बुधबार
  • ४ः२० बेलुका

प्रभुु बैंकको क्यूआर कोडमा ‘स्मार्ट अडियो अलर्ट’ डिभाइस सञ्चालनमा

प्रकाशित मिति

२०८० आश्विन १५ गते, सोमबार ०२:०८

असोज १५, २०८० काठमाडौँ: प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवाअन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषतासहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ।

National Life

प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरुसँग रहेको क्यूआर कोडमार्पmत सेवाग्राहीले भुक्तानी गर्दा एसएमएस वा ई–मेल अलर्ट आउने गरेकोमा अब सोको अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ। प्रभु बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुआत गरेको हो।


प्रभु बैंकले ल्याएको यस नवीनतम प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत भुक्तानी गर्नासाथ मर्चेन्ट तथा ग्राहकले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाजमार्फत तत्काल प्राप्त गर्न गर्नेछन्। प्रभु बैंकले फोनपे पेमेन्ट सर्भिसेस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा फोनपे नेटवर्कमा आबद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

फोनपे नेटवर्कमा पहिलोपटक उपलब्ध यस सुविधा नेपाल क्लियरिङ हाउस लिमिटेडको नेपाल पे नेटवर्कमा आबद्ध क्यूआरमा भने यसअघिदेखि नै व्यवस्था मिलाई सकिएको छ। क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्नेमात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय साबित हुने बैंकले विश्वास लिएको छ।

प्रतिकृया