नेप्से साढे १७ अंकले बढ्यो

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार ०४:१२

nepse3

भदौ ५, २०८० काठमाडौँ: मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज १७.६९ अंकले बढेर नेप्से २०१५.९८ को विन्दुमा पुगेको छ । आज २७७ धितोपत्रको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर एक अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.८८ प्रतिशतले बढेर ३८५.९८ बिन्दुमा पुगेको छ ।


आज सबै १३ वटै उपसमूहको समूहगत सूचकमा हरियाली छाएको छ । १३ वटै उपसमूहको समूहगत सूचक बढ्दा फाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ ।


आज कुथेली बुखरी स्माल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ४.४२ प्रतिशतले घटेको छ ।

प्रतिकृया