कोशी सरकारविरुद्ध एमाले फेरि अदालत जाने

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार ०४:१७

koshi1

भदौ ५, २०८० विराटनगर : कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमाले फेरि अदालत जाने भएको छ । प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको हुर्मत लिएर विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको हो ।


प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जाने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताउनुभयो । संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । भोलि नै रिट दर्ता गराउने एमालेको तयारी रहेको उहाँले बताउनुभयो ।


प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै नेता कार्कीले एमालेसँग अब अर्को विकल्प नभएको बताए । “प्रदेश नियमावली र संविधानका धारा छलेर जाने ठाउँ छैन, त्यसविरुद्ध हामी कोर्ट जान्छौँ, हामीसँग अर्को विकल्प छैन”, उहाँले भन्नुभयो ।


सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापाले सभाध्यक्षलाई प्रयोग गर्दै हिजो विश्वासको मत लिनुभएको थियो ।

प्रतिकृया