अख्तियारले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध विशेष अदालतमा मुद्दा दायर
प्रकाशित मिति
२०८० भाद्र ५ गते, मंगलवार ०४:२५
भदौ ५, २०८० काठमाडौँ : कागेश्वरी मनोहरा, नगरपालिका वडा नं. १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय, काठमाडौंका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार थापा र सोही बिद्यालयका प्रधानाध्यापक बुद्धि बिलास धितालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
उनिहरूलाई आयोगले असारमा सेवाग्राहीबाट रु. १६,०००।– (सोह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले अध्यक्ष राज कुमार थापा र प्रधानाध्यापक बुद्धि बिलास धिताललाई पक्राउ गरेकाे थियाे ।
आयोगले अनुसन्धानको सिलसिलामा राज कुमार थापा र बुद्धि विलास धिताललाई भ्रष्टाचार निवारण ऐन, 2०५९ को दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिमको कसुरमा बिगो रु.१६,000।–(सोह्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो
बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको हाे।








प्रतिकृया