• ०६:२९ २०८० फाल्गुन १२ गते
  • 6:29 am

विश्वकप लिग २ अन्तर्गत युएईविरुद्ध बलिङ गर्दै नेपाल

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार ०९:१९

Nepal Vs UAE 9 e1678937883405

चैत २, २०७९, काठमाडौँ:  आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको छ ।


नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ । युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

प्रतिकृया