अशोक शर्मा, दीपाश्री, स्वस्तिमा र सुजित बिडारी पनि निफको सेसनमा

प्रकाशित मिति

२०७९ फाल्गुन ३० गते, मंगलवार ११:५७

herdai

३० फागुन २०७९, काठमाडौँ: आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा ‘हेर्दा हेर्दै कहाँ पुग्यो ?’ विषयमा बहस हुने भएको छ । निर्माता तथा कलाकार अशोक शर्मा, कलाकार तथा निर्देशक दीपाश्री निरौला, अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक सुजित बिडारीले यस सेसनमा जमेर छलफल गर्ने छन् ।


यो सेसन आउँदो चैत ४ (१८ मार्च) गते सनिबारका दिन नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुने छ । यस सेसनको मध्यस्थता गर्ने छन्, पत्रकार तथा लेखक विजय अधिकारीले । ३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा छनौट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा हुनेछन् । ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ ।


महोत्सव उद्घाटन सिभिल मल सुन्धारामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने जानकारी यस अघि नै गराई सकेका छौं । त्यसैगरी टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने जानकारी पनि यसअघि नै गराई सकिएको छ ।

प्रतिकृया