• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

श्रीलंकाको लगातार दोस्रो जित

प्रकाशित मिति

२०७९ फाल्गुन १ गते, सोमबार १०:४०

१ फागुन २०७९, काठमाडौँ: आईसीसी महिला ट्वान्टी–२० विश्वकपमा श्रीलंकाले दोस्रो जित निकालेको छ । श्रीलंकाले आइतबार भएको खेलमा बंगलादेशलाई सात विकेटले पराजित गर्यो । दक्षिण अफ्रिकाको केप टाउनमा सम्पन्न खेलमा बंगलादेशले प्रस्तुत गरेको १२७ रनको लक्ष्य श्रीलंकाले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।


श्रीलंकाको जितमा हर्षिता समराविक्रमाले अविजित ६९ रन बनाइन् । निलाकेशी डा शिल्भाले ४१ रन जोडिन् । बंगलादेशका लागि मरुफा अख्तरले तीन विकेट लिइन् ।

Kamana Sewa

यसअघि, पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा आठ विकेट गुमाएर १२६ रन बनायो । बंगलादेशका लागि सोफिया मोस्ट्रियाले २९ तथा कप्तान निगर सुल्तानले २८ रन बनाइन् । श्रीलंकाका ओशाडी रनसिंगाले तीन विकेट लिइन् । कप्तान चमारी अथापात्थुले दुई विकेट लिइन् ।

Classic Tech Desktop

जितसँगै श्रीलंका दुई खेलमा चार अंकका साथ समूह–१ को शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिकृया