• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

सामाजिक कथामा आधारीत सर्ट फिल्म ‘उच्च शिक्षा’ सार्वजनिक

प्रकाशित मिति

२०७९ माघ १३ गते, शुक्रबार ०४:१९

१३ माघ, २०७९, काठमाडौँ:  मगन इन्टरटेन्मेन्टको निर्माण तथा रजिन महर्जनको लेखन तथा निर्देशनमा तयार भएको लघु चलचित्र ‘उच्च शिक्षा, एडुकेशन फर अ कमनर’ सार्बजनिक भएको छ । माघ ११ गते कीर्तिपुर सिनेप्लेक्समा बिशेष प्रिमियर शोको आयोजना गरेर मगन इन्टरटेन्मेन्टको अफिसियल युट्यूब च्यानलबाट सरस्वति पुजाको अबसरमा सार्वजनिक भएको हो ।


सामान्य परिवारका छोराको बिदेश गएर अध्ययन गर्ने इच्छाले परिवार हुने समस्यालाई लिएर बनाइएको उक्त लघु चलचित्र १८ मिनेट लामो छ । लक्ष्मी कुमार महर्जन, कृष्ण भक्त महर्जन, क्रिशल श्रेष्ठ, सुदीप भजु लगाएत कलाकारहरुको अभिनय रहेको यस लघु चलचित्रका निर्माता रामचन्द्र महर्जन तथा जमुना महर्जन हुन् । यस चलचित्र नेपाल भाषा र नेपाली दुबै भाषामा सार्वजनिक गरिएको हो ।

Kamana Sewa

प्रतिकृया