• २१ जेठ २०८३, बिहीबार
  • ७:५५ बिहान

बोर्डर र सेनाभन्दा पनि जलस्रोत सेन्सेटिभ विषय हो : पम्फा भुसाल

प्रकाशित मिति

२०७९ पुष ११ गते, सोमबार ०४:०८

११ पुष, २०७९, काठमाडौँ: निवर्तमान ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्री पम्फा भुसालले सेना र सीमा (बोर्डर)भन्दा पनि जलस्रोत सेन्सेटिभ विषय रहेको बताएकी छन् । उनले मन्त्रालयबाट बाहिरिनु अघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै छिमेकीसँगको सहज स्थिति नभएकाले श्रीलंकासम्म बिजुली बिक्री गर्न नसकिएको बताइन्।


‘श्रीलंका ऊर्जा संकटमा छ। हामी बिजुली दिन सक्ने अवस्थामा छौं। हाम्रो छिमेकीसँगको विद्युत व्यापारको सहज स्थिति छैन। राजनीतिक कुटनीतिक पहल गर्नुपर्छ,’ उनले भनिन्। त्यसै गरी आफूले चुनाव हारेको विषयलाई समेत सहज रुपमा लिएको उनले दाबी गरेकी छन्। ‘नयाँ ढंगको हावा थियो। नयाँ लहर थियो, त्यो लहर पनि यहीँ मिसिन आएको छ। अब सेती गएर त्रिशुलीमा मिसिने हो कि त्रिशुली सेतीमा त्यो चाँहि थाहा छैन। हामी सबैले पर्खेर हेर्ने विषय हो,’ उनले भनिन्,’ राजनीतिक उतावचढाव दुईधारबाट हुन्छ। मैले स्वाभाविक रुपमा लिएको छु।’

Kamana Sewa

उनले करिब डेढ वर्ष ऊर्जा मन्त्रालय सम्हाल्दा कुनै स्क्याण्डलमा नफसेको समेत बताइन्। ‘हाम्रो मन्त्रालयमा धेरैले चासो राख्छन्। मैले बढी सुन्दा उनीहरुकै इन्ट्रेस भेट्छु,’ उनले भनिन्,’ हाम्रा साथीहरु त्यस्तो हुनु भएन। यहि अवधिमा सिक्टा सिंचाईमा आरोप खेपिरहेका मन्त्रालयका साथीहरुले सफाइ पाउनु भयो।’

Classic Tech Desktop

उनले आजदेखि आफू मन्त्री नरहेको बताउँदै कुनै न कुनै रुपमा ऊर्जा क्षेत्रसँग जोडिरहने बताइन्। ‘आजदेखि म मन्त्री छैन। संयोगले मेरै पार्टीका अध्यक्ष प्रधानमन्त्री बन्नु भएको छ। नीति बनाउने ठाउँमा ब्याकबाट कुनै न कुनै रुपमा हुनेछु,’ उनले भनिन्,’ कुन पार्टीको मन्त्री आउनुहुन्छ, टुंगिएको छैन। पूँजीगत खर्च ८० प्रतिशत पुर्याएका थियौं। ९० प्रतिशत पुर्‍याउने गरी काम गर्नु होला।’


उनले आयोजनाहरुको फेज बनाएर काम गर्न समेत सुझाव दिएकी छन्। ‘मैले भर्खरै ३/४ वटा गौरवका आयोजना हेरें। आयोजनाको विभिन्न फेजमा काम गर्नुपर्छ। धेरै वर्षमा पनि काम नहुने जस्तो भएको छ,’ उनले भनिन्।

प्रतिकृया