• ११ असोज २०८३, आइतबार
  • १२ः०८ दिउँसो

नेपाल लाइफ इन्स्योरेन्सका युनियन कर्मचारी दोस्रो दिनको विरोध कार्यक्रमलाई निरन्तरता दिँदै

प्रकाशित मिति

२०७९ पुष ५ गते, मंगलवार ०१:१८

मातृभूमिन्युज संवाददाता

National Life

५ पुस २०७९, काठमाडौँ: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । हिजो आइतबार देखि १५ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्र । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले लिखित सहमतिलाई समेत वेवास्ता गरी सम्पुर्ण कर्मचारीको मनोबलमा नैराश्यता आउने काम गरेको भन्दै आन्दोलन गरेका हुन् । युनियनले आज दोस्रो दिनको विरोध कार्यक्रमलाई निरन्तरता दिँदै सम्पुर्ण विभागीय प्रमुख तथा व्यवस्थापन टोलीहरुलाई दिउँसो एक बजेसम्मका लागि कार्यकक्ष प्रवेशमा रोक लगाउने तय गरेका हुन् ।


यसका साथै, उपत्यकाका सम्पुर्ण शाखा प्रमुखसहितको प्रधान कार्यालयको प्राङ्गणमा शान्तिपुर्ण धर्ना कार्यक्रम गर्ने भएका छन् । कम्पनीले कर्मचारीलाई प्रोत्साहन स्वरुप प्रदान गर्दै आएका सुविधाहरु अझै समय सापेक्ष बढाउदै लैजानुपर्नेमा हाल कम्पनीबाट कटौती भएका सुविधाहरु प्रति युनियनले गम्भिर आपत्ती जनाएको हाे । प्रमुख कार्यकारी अधिकृत र कर्मचारीहरूबीच वार्ता भइरहेकाे र विरोध कार्यक्रममा रहेका कर्मचारीहरू भने सञ्चार माध्यम सँग बाेल्न रूचाएन्न ।

Classic Tech Mobile
Classic Tech Desktop

युनियनकाे १५ बुँदे माग निम्न रहेकाे छ :

१. कर्मचारी बढुवा : कर्मचारी पदोन्नतिको व्यवस्थालाई दक्षता, जिम्मेवार, शैक्षिक योग्यता र जेष्ठताको आधारमा नियमित गराउने व्यवस्था गर्नुहुन र यो व्यवस्था आर्थिक वर्षको सुरु, अर्थात श्रावण एक गतेदेखि नै लागु गर्नु पर्ने ।

२. घरजग्गा खरिद कर्जा सुविधा : घरजग्गा साप६ कर्जा सुविधामा परिमार्जन गर्ने भनिएतापनि हालसम्म संशोधन नभएकोले यथाशक्य समयसापेक्ष परिमार्जन गर्नुपर्ने ।

३. दैनिक भ्रमण भत्ता सम्बन्धमा : कर्मचारी विनियमावली बमोजिम कर्मचारीहरुले खाइपाइ आएको दैनिक भ्रमण भत्ता रकम रोकिएकोले आगामी दिनमा पनि विद्यमान कर्मचारी विनियमावली अनुसार नै उपलब्ध गराइनुपर्ने ।

४. सार्वजनिक विदा : बीमा प्राधिकरणले जारी गरेको संस्थागत सुशासन तथा श्रम ऐनको व्यवस्था बमोजिम कर्मचारीहरुलाई सार्वजनिक विदाको दन काममा लगाउँदा सट्टा विदा वा श्रमको उच्च मूल्याङ्कन गरी सो दिनको प्रचलित नियमानुसार ओभरटाइम रकम उपलब्ध गराउनु पर्ने ।

५. पोशाक सुविधा : कम्पनीमा कार्यरत कर्मचारीलाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको कार्यालय पोशाक हाल रोकिएकोले तुरुन्तै उपलब्ध गराउनुपर्ने ।

६. बीमा : कम्पनीमा कार्यरत सम्पुर्ण कर्मचारीको (ज्यालादारी, करार, परिक्षणकालमा कार्यरत तथा स्थायी) अनिवार्य बीमा गराउनुपर्ने ।

७. तालिम तथा मिटिङ : कर्मचारीहरुलाई अफिससम्बन्धी कुनै सुजाव तथा निर्देशन वा तालिम दिनु परेमा कार्यालय समयभित्र गर्नुपर्ने ।

८. मिठाइ खर्च : कम्पनीको स्थापनाकालदेखि कर्मचारीहरुलाई उपलब्ध गराउदै आएको मिठाइ खर्च लगायत वार्षिकोत्सव खर्च बापतको रकम समयमै उपलब्ध गराउनुपर्ने ।

९. अतिरिक्त रकम : जोनल हेड, क्षेत्रीय प्रबन्धक, विभागीय प्रमुख, शाखा तथा उपशाखा प्रमुखहरुलाई प्रमुख सुविधा भत्ताको व्यवस्था गरिनुपर्ने ।

१०. घर तथा विरामी विदा : कर्मचारीलाई घर विदा १८० दिन र विरामी विँदा १५० दिन सञ्चित विदा कायम गरिनुपर्ने ।

११. इन्धन तथा सञ्चार सुविधा : कर्मचारीलाई उपलब्ध गराइदै आएको इन्धन तथा सञ्चार सुविधा परिमार्जन गरिनुपर्ने ।

१२. ग्रेड : आधारभुत पारिश्रमिकको ५ प्रतिशतका दरले प्रत्येक वर्ष श्रावण महिनादेखिको तलब स्केलमा एक ग्रेड थप बृद्धि गर्दै लैजानुपर्ने ।

१३. मोटरसाइकल सुविधा : कर्मचारीलाई उपलब्ध गराइदै आएको मोटरसाइकल सुविधा तथा मोटरसाइकल ऋण सुविधालाई समयानुकल हुने गरि ऋण तथा सुविधा रकम बृद्धि गरिनुपर्ने ।

१४. चारपाङग्रे सुविधा : मार्केटिङ्ग अन्तर्गत कार्य गर्ने कर्मचारीलाई बरिष्ठ अधिकृतदेखि र सहायक प्रवन्धकदेखि सम्पुर्ण कर्मचारीलाई चारपाङ्ग्रे सुविधा उपलब्ध गराइनु पर्ने ।

१५. सरुवा : कर्मचारीको सरुवा गर्दा कम्पनीको वृहत्तर हित हुने गरि र घर पायक पर्ने गरि मात्रै गरिनु पर्न ।

प्रतिकृया