• ११ असोज २०८३, आइतबार
  • १२ः४६ दिउँसो

सिभिल बैंकको लाभांश घोषणा

प्रकाशित मिति

२०७९ पुष ५ गते, मंगलवार ०१:३५

५ पुस २०७९, काठमाडौँ: हिमालयन बैंकसँग मर्जरको सहमति गरेको सिभिल बैंकले लाभांश घोषणा गरेको हो । सिभिल बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्त पूँजीको ५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।बैंकले बोनस शेयरको कर प्रयोजनका लागि पनि ०.२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ७ करोड रुपैयाँ छ ।

National Life

प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी ९ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ । बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी हुने वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । मर्जरको सहमति गरेको हिमालयन बैंकले पनि १९.११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रतिकृया