• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

माछापुच्छ्रे बैंकको अध्यक्षका रुपमा डा. उपेन्द्र महतोले राष्ट्र बैंकका गभर्नरबाट लिए सपथ

प्रकाशित मिति

२०७९ मंसिर २५ गते, आईतवार ०४:४३

२५ मंसिर, २०७९, काठमाडौँ: माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले पद तथा गोपनियताको सपथ लिएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उनलाई सपथ गराएका थिए। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको प्रावधान अनुसार उनले सपथ लिएका हुन्।


सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो।

Kamana Sewa

माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो। महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन्।

Classic Tech Desktop

प्रतिकृया