एनएमबि लघुवित्तमा निमित्त सिइओको जिम्मेवारी जैशीलाई
प्रकाशित मिति
२०७९ मंसिर २५ गते, आईतवार ०४:२७

२५ मंसिर २०७९, काठमाडौँ: एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सिइओ)को जिम्मेवारी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बिरु राम जैशीलाई दिइएको छ ।
संस्थाका सिइओ पदमा रहेका आनन्द पाण्डे मंसिर २५ गतेदेखि आगामी पुष १ गतेसम्मका लागि बिदामा रहेको हुँदा संस्थाले जैशीलाई ६ दिनको लागि निमित्त सिइओको जिम्मेवारी दिएको हो ।

प्रतिकृया