विश्वकप फुटबलको क्वाटरफाइनल : पहिलो खेल ब्राजिल र क्रोएसियाको

प्रकाशित मिति

२०७९ मंसिर २३ गते, शुक्रबार ०६:३३

brazil win 1 scaled 1 e1623634571680

२३ मंसिर २०७९, काठमाडौं : कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन्। पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल शुक्रबार राति ८:४५ मा सुरु हुँदैछ। दोस्रो क्वाटरफाइनलमामा आजै अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२:४५ बजे सुरु हुनेछ।


क्वाटरफाइनलका अन्य दुई खेल शनिबार हुनेछन्। शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिकृया