• ४ साउन २०८३, सोमबार
  • १:४६ बिहान

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा आज श्रीलंका र भारतको नाटकको मञ्चन गरिँदै

प्रकाशित मिति

२०७९ मंसिर १४ गते, बुधबार १०:४३

१४ मंसिर २०७९, काठमाडौँ : भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगीतिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)को छैटौँ दिनको कार्यक्रम आयोजना हुँदैछ। इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधबार दुई मञ्चन हुँदैछन्। छायाँ नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाएको छ।


नाटकले आघातबारे अन्तरक्रियामा आधारित अभ्यासहरूको उपयोग गर्दै छाँया माध्यमद्वारा नाट्य थेरापीको प्रयास समेत गर्दछ। ‘स्याडो लिवेरेसन’ दिउँसो २ र साँझ ६ बजे मण्डला स्टुडियोमा मञ्चन हुँदैछ। त्यस्तै दिउँसो २ बजे मण्डला नाटकघरमा श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ।

Kamana Sewa

‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटा नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथाहरु सुनाउनछन्। जब सबै पात्रहरुले आफ्नो नियतीको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरूले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ।

Classic Tech Desktop

त्यस्तै, महोत्सवमा बुधबार मध्यान्ह १२ बजे नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को विमोचन हुँदैछ। सुरज सुवेदीले नाट्य रूपान्तरण गरेको सो नाटक केही महिनाअघि मण्डला नाटकघरमा मञ्चन पनि भएको थियो। विमोचन लगत्तै ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छरु’ शीर्षकमा प्यानल डिसकसन हुनेछ। जसमा साहित्यकारहरू नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रङ्गकर्मीहरू विमल सुवेदी, दिया मास्केसँग र लेखक, पत्रकार बसन्त बस्नेतले वार्ता गर्नेछन्।


‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा छैटौँ दिनको अन्तिम कार्यक्रममा कलाकारहरू हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगितिक प्रस्तुति दिनेछन्।

प्रतिकृया