छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु
प्रकाशित मिति
२०७९ मंसिर ११ गते, आईतवार ०३:५१
११ मंसिर, २०७९, काठमाडौं : भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-६ पुरानोठिमी हुकाम ओरालोमा प्रदेश ३-०१-०२३ च ४२९३ नम्बरको गाडी र बा.१० प ९५०८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ क्वाँछे बस्ने २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा, विर्तामोड नगरपालिका-९ कंचन टोलस्थित सडकमा प्र-१-०१-००१ त ८४८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई ट्याक्टरको ट्रली पल्टिएर शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-९ बस्ने ७२ वर्षीय बुद्धिराज श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ वडा कार्यालय नजिक सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री कैलाली गोदावरी नगरपालिका-३ चौकीडाँडा बस्ने ३६ वर्षीय लवदेव भट्टको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

पर्सा, वीरगंज महानगरपालिका-१४ स्थित सडकमा मधेश प्रदेश ०३-०२७ प००९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१२ मुर्ली बस्ने १९ वर्षीय साहिल अंसारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्पर्श हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सरताज अंसारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-२ जयचोकमा प्रदेश १-०२-००४० प ७७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक मिक्लाजुङ-७ मधुमल्ला बस्ने २५ वर्षीय मनिहाङ लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा, गौरादह नगरपालिका-१ गुरुङ चोकमा प्र-१-०१-०१५ प ५७४ नम्बरको मोटरसाइकलले र प्र-१-०१-०२ ह ४६५ नम्बरको सिटीलाई शनिबार साँझ ठक्कर दिँदा सिटीमा सवार दमक नगरपालिका-५ बस्ने २६ वर्षीय लेखनाथ राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर र १ जनाको मध्यम रहेको छ ।
बर्दिया, राजापुर नगरपालिका-१० रामजानकी चोकमा ‘अन टेष्ट’ लेखिएको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २० वर्षीय बिनम्र थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल सवार सोही ठाउँ बस्ने २३ वर्षीय प्रबिण थारुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
तेह्रथुम, म्याङ्लुङ नगरपालिका-९ दशगते पार्कमा को.२१ प ४२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउको पिल्लरमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा चालक फेदाप गाउँपालिका-२ बस्ने ४२ वर्षीय चन्द्र बहादुर लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तेह्रथुम हुँदै थप उपचारका लागि धरान घोपातर्फ लैजाने क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
कैलाली, गौरीगंगा नगरपालिका-१ मंगलपुरमा प्रदेश २-०३-०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार कैलारी गाउँपालिका-८ बस्ने ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिकृया