• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङलाई प्राप्ति गर्ने सम्झौता भङ्ग

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०३:२२

११ मंसिर, २०७९, काठमाडौं : प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता भङ्ग भएको छ । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन ९ प्राप्ति० गर्ने सम्बन्धमा दुवै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएकोमा क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको मंसिर १ गतेको पत्रबाट सो सम्बन्धी सबै प्रकृया स्थायी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भङ्ग गर्न अनुरोध गरेको हुनाले मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले सो संस्थाको अनुरोध बमोजिम प्राप्ति गर्ने सम्बन्धमा अघि बढाइएको सम्पूर्ण प्रकृया अन्त्य गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया