• ४ साउन २०८३, सोमबार
  • २:२४ बिहान

लालबाबु पण्डितलाई पराजित गर्दै मोरङ- ६ बाट शेखर कोइराला विजयी

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार १०:४९

९ मंसिर २०७९, काठमाडौँ : मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभामा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला निर्वाचित भएका छन्। कोइरालाले नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ८४ सय मतकोअन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले ३५ हजार २ सय १३ मत हासिल थरेका छन्।


त्यसैगरी, एमालेका उम्मेदवार पण्डितले २२ हजार ९ सय २९ मत पाएका छन्। मतगणनामा डा. कोइरालाले सुरुवात देखिनै अग्रता कायम गरेका थिए।पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला ०७४ को प्रतिनिधिसभा सदस्यमा एमालेका पण्डितसँग पराजित भएका थिए।

Kamana Sewa

प्रतिकृया