• 10:45 am

आज अजोड इन्स्योरेन्सको विशेष साधारणसभा

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ११:०१

AJOD

९ मंसिर २०७९, काठमाडौँ : अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज मंशिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजेबाट सुरू हुने छ । सभाले अजोड इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्ने छ । त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ ।


कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ मंशिर २ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो यसर्थ मंशिर १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् । तर कम्पनी मर्जर प्रक्रियामा भएकाले हाल दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का छ ।


प्रभु र अजोड १००ः७० को अनुपातले मर्जरमा जाने सम्झौता भएको थियो । अब मर्जर पछि बन्ने कम्पनीको अध्यक्षमा अजोडका अध्यक्ष अजाद श्रेष्ठ हुने र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुने सहमति समेत भएको थियो ।


प्रभुको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ र अजोडको एक अर्ब रुपैयाँ रहेको छ । सहमति अनुसारको स्वाप रेसियोका आधारमा मर्जर पछिको कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिकृया