• ४ साउन २०८३, सोमबार
  • २:२४ बिहान

पाल्पा २ मा ठाकुर गैरे जीत नजिक

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ११:०८

९ मंसिर २०७९, काठमाडौँ: प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत पाल्पाको क्षेत्र नंं. २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले अग्रता लिएका छन् । गैरेले फराकिलो मतान्तर कायम गरेका छन् ।


उनले २५ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २१ हजार ४ सय ८४ मत प्राप्त गरेर दोस्रा स्थानमा छन् । यो क्षेत्रमा ६४ हजार २०३ मत खसेको थियो ।

Kamana Sewa

यसैबीच पाल्पाको क्षेत्र नं. १ मा पनि एमालेका उम्मेदवार नारायण आचार्यले फराकिलो मतान्तरले अग्रता लिएका छन् । अहिलेसम्म आचार्यले २१ हजार ९ सय ४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले १२ हजार ७ सय ६१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा पनि एमालेका आचार्यले फाराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । यस क्षेत्रमा ६४ हजार ४९१ मत खसेको छ ।

Classic Tech Desktop

प्रतिकृया